काठमाण्डौ । घर एउटा यस्तो आरामदायी ठाउँ हुनुपर्दछ, जहाँ तपाइँले सुरक्षित महसुस गर्न सक्नुहोस् र दिन सकिएपछि आराम गर्न समय व्यतित गर्न सक्नुहोस् । 

२० औँ शताब्दीमा अपनाइएका विधि र सामाग्रीहरुले वास्तुकारहरुलाई ती ठाउँहरुमा पनि घर बनाउने मौका प्रदान गर्यो, जहाँ बसोबास गर्न मुश्किल लाग्ने गर्दथ्यो । अरुभन्दा भिन्न सोंच राख्ने ग्राहकहरुले घरलाई नयाँ ढंगबाट परिभाषित गरे । 

एउटा नयाँ पुस्तक “हाउसेस्: एक्स्ट्रा अर्डिनरी लिभीङ” मा घरको बारेमा हाम्रो रुचि, शैली र सोंचमा आएको परिवर्तनहरुको बारेमा बताइएको छ । 

यसमा स्वेडेनको जंगलमा रहेको घरदेखि लिएर क्यालिफोर्नियाको मरुभूमिमा बनेको आलिसान घरसम्मको चर्चा गरिएको छ । 

सिसाको बाकस, प्रयोगात्मक प्रोटोटाइप, ओपन प्लान लेआउटको प्रयोग गरेर कुनै पनि प्रोजेक्टलाई बनाउन असम्भव छैन । 

ग्राहम हाउस, क्यानडा

 
पश्चिम तटको यो आधुनिक घरलाई क्यानडाका प्रख्यात वास्तुकार आर्थर एरिक्सनले ज्याफ्रि मैसेसंग मिलेर डिजाइन गरेका थिए । 

पश्चिम बैंककुरको उवडखावड पहाडी चट्टानमाथि यो घरको निर्माण सन् १९६३ मा पूरा भएको थियो । यो घरको लिभिङ एरियाको मुख्य हिस्सा काठको बीम र सिसाले बनाइएको थियो । 

वास्तुकारहरुले चार तलाको यो घरको प्रवेशद्वार सबैभन्दा माथिल्लो तलामा बनाए र सबैभन्दा तल्लो तला प्रशान्त  महासागरको किनाराको चट्टानमा टिकाएका थिए । 

यो घरको प्रत्येक तलामा खुला ठाउँ छोडिएको थियो, जहाँबाट प्रशान्त महासागर देख्न सकिन्थ्यो । 

दिवंगत एरिक्सनले लेखेका थिए, “ग्राहम हाउसले वास्तुकारको रुपमा मेरो प्रतिष्ठा बढाएको थियो ।” यो घर सन् २००७ मा भत्काइएको थियो। 

डेजर्ट हाउस, अमेरिका

 
अमेरिकाको क्यालिफोर्नियाको पाम स्प्रिङमा बनेको यो सुन्दर घरलाई वास्तुकार जिम जेनिंग्स र लेखिका थेरेस बिसेलले बनाएका थिए । 

सन् १९९९ मा जमिन खरीद गरेको १० वर्षपछि उनीहरुले यो घरलाई बनाउन सुरु गरेका थिए । उनीहरुले यो घर आफ्नो लागि बनाइरहेका थिए । 

जेनिंग्सले आर्किटेक्चुरल डाइजेस्टलाई भनेका थिए, “जब तपाइँ आफ्नै ग्राहक हुनुहुन्छ भने तपाइँले आफ्नो इच्छा अनुसार काम गर्न सक्नुहुन्छ ।” 

यो घरमा बीम र सिसाको डेजर्ट आधुनिक शैली अपनाइएको छैन । यसको साटो लिभिङ एरियालाई २.४ मिटर माटो कंक्रिटको पर्खालबाट घेरिएको छ, जसको माथि स्टीलको छत राखिएको छ । 

डेजर्ट हाउसमा दुईवटा आँगन छन्, जहाँबाट बाहिरको दृश्य जस्तै पामको रुख, सैन जेसिन्टो पहाड र निलो आकाश  देखिन्छ ।    

एजल्याण्ड हाउस, अमेरिका 


वास्तुकार बर्सी चेन स्टुडियोले आदिवासी अमेरिकी पिट हाउसलाई एजल्याण्ड हाउस निमार्ण गर्न मोडेलको रुपमा चयन गरेका थिए । 

टेक्ससको आस्टिनमा निमार्ण सुरु गर्नुपूर्व उनले जमिनमा दुई मिटर गहिरो खनेका थिए । यो घर सन् २०१२ मा तयार भएको थियो । यसको टर्फ छत र जमीन भित्र ७ फिट सम्म धासिएको भवनले लुकिछिपी हेर्नेलाई मौका दिंदैन । चिसोयाममा यो घर गर्मी रहने गर्दछ भने गर्मियाममा चिसो । 

यो घरको लिभिङ रुम र सुत्ने कोठाबिच जानीजानी कुनैपनि बाटो बनाइएको छैन, ताकि यहा बस्ने मानिसहरुले धेरैभन्दा धेरै समय बाहिर बिताउन सकुन् । 

हाउस इन इत्सुरा, जापान


जापानको इबाराकी प्रान्तमा रहेको एक तला झुकेको यो घर काठबाट बनेको दुईवटा खम्बामा टिकेको छ । दुईवटा खम्बाका अलावा भवनको पुरा भार पहाडि ढलानमा रहेको छ । घरको भित्री साज सज्जामा काठको भरपूर प्रयोग गरिएको छ । जसलाई स्थानिय जंगलबाट लिइएको हो । 

घर जुन कोणमा झुकेको छ, त्यसबाट तापमान नियन्त्रीत हुने गर्दछ, प्रकाश पुरै आउने गर्दछ र गोपनीयता रहने गर्दछ । यो घर दुई हिस्सामा बाडिएको छ । लामो हिस्सामा लिभिङ स्पेस छ भने छोटो हिस्सामा सुत्ने कोठा । 

वास्तुकार लाइफ स्टाइल काउबौले यहा ६० वटा रुख रोपेका छन् । यस्तो सोचिएको थियो कि यो घर परिवेशसंग धेरै भन्दा धेरै जोडिदै जानेछ । 

बक्काफ्लोट १, आइसल्याण्ड 


सन् १९६० मा पेरिसको इकोले डेस ब्युक्स आर्टसबाट स्नातक गरेको केहि समयपछि सिगरोआर्डाेटिर, आइल्याण्डको पहिलो पेशेवर महिला डिजाइनर बनेकी थिइन् । 

केहि वर्षपछि उनले देशको सबैभन्दा महान भवनमध्य एकलाई डिजाइन गरेकी थिइन् । आधुनिक टर्फ हट जस्तो यो घर रेक्याविकको दक्षिणी उपनगरमा बसोबास गर्ने परिवारका लागि बनाइएको थियो । 

१९६३ मा सिगराआर्डाेटिरले ६ सदस्य भएका परिवारलाई भनेकि थिइन् “म तपाइँहरुका लागि एउटा गुँड बनाउन गइरहेकि छु ।” आइसल्याण्डको कठिन मौसमबाट घरका सदस्यहरुलाई बचाउनका लागि उनले माटोको तिन तहको प्रयोग गरेकि थिइन् । 

हाउस अन द क्लिफ, स्पेन 


ग्रेनाडमा ठडिएको एउटा पहाडि चट्टानमा माटो र चट्टानमा धसिएको यो घरलाई वास्तुकार पाब्लो गिलले र जैमे बार्टाेलोमले “समकालिन गोडिसेक गुफा” भनेका छन् । 

यस्तो उनीहरुले कैटलन आधुनिकतावादको सबैभन्दा ठूला वास्तुकार अंटोनि गोडि(स्पेन) को सम्मानमा भनेका थिए । सन् २०१५ मा तयार भएको यो दुई तलाको घरको तापमान सधैभरी १९.५ डिग्री सेल्सीयस रहने गर्दछ । यसको लागि प्राकृतिक चिसोपनको प्रयोग गरिएको छ । 

यसको छत बनाउका लागि धातुको घुमाउदार फ्रेममा कंक्रिटको दुईवटा लेभल राखिएको छ । त्यसको माथि हातबाट जस्ताको टाइलहरु जोडिएको छ । यो घरलाई भु मध्य सागरबाट पनि देख्न सकिन्छ । 

यसका वास्तुकार भन्छन् “धातुको छतबाट प्राकृतिक र कृत्रिम भ्रम पैदा हुन्छ भने तलबाट हेर्दा हेर्दा ड्रयागन बसे जस्तो लाग्छ भने माथिबाट हेर्दा समुन्द्धको लहर जस्तो देखिन्छ ।” 

ड्रयागस्पेल हाउस, स्वीडेन 


स्वीडीसमा ड्रयागस्पेलको अर्थ अर्काडिएन(वाद्य यन्त्र) हुने गर्दछ । यो घरको आकार ग्लसकोजन संरक्षित क्षेत्रसंग घुलमिल भएको छ । यसको दृश्य प्रभाव न्युनतम छ भने घरको झ्याल ढोका बाहिरी आवरणमा लुकेको छ । 

भविष्यमा यो घरको बाहिरी हिस्साको काठको रंग खैरो हुनेछ । जुन पत्थरको पहाडको रंग जस्तै बन्नेछ । 

टिल हाउस, चीली 


चिलीको नेविडाडको चट्टानी तटमा गहिरो सेल्फमा यो सानो घर एउटा दम्पत्तिको साप्ताहिक छुट्टीका लागि बनाइएको थियो । यो घर तिनतिरबाट प्रशान्त महासागरबाट घेरिएको छ । समुन्द्धको आवाज यो घरबाट राम्ररी सुन्न सकिन्छ । यो घरलाई सडकबाट देख्न सकदिैन । यो घरको खुल्ला छत प्रशान्त महासागरको विशालता नियाल्नका लागि एकदमै उपयुक्त छ र घरको बाकि स्थान सुत्न र खानका लागि बनाइएको छ । चट्टानमा बनाइएको सिढीबाट यहा पुग्न सकिन्छ । गोपनियता राख्नका लागि यो घरका कोठाहरुलाई अलग अलग गरिएको छ । यो घरको पुरै छत एउटा विशाल डेक जस्तै देखिन्छ । 

आरामका लागि यहा काठबाट बनेको ज्याकुजिमा आगोबाट तताइएको पानी आउने गर्दछ । 

किर्स हाउजिङ, अमेरिका 


यो घरको बाहिरी असामान्य ज्यामितीय संरचना पुर्ण रुपमा कंक्रिटबाट बनेको छ । यसबाट सुरक्षाको महशुस हुने गर्दछ । तर यसको विशेषता यति मात्रै होइन । कोणमा झुकेका छत, मेसोपोटामिया जस्ता आकार र स्लिट झ्याल ढोका सौर्य उर्जाको अधिक प्रयोगको लागि डिजाइन गरिएको छ । 

मालाटोर हाउस, वेल्स 


वास्तुकार दम्पत्ति जोन क्यापलिकी र अमान्डा लेवेटले सेनाको पुरानो ब्यारेकलाई मालाटोर हाउसमा बदलेका थिए । यसको अर्काे नाम टेलिटबी हाउस पनि हो । दुइ कोठाको यो घर पेम्ब्रोकशायर तटमा बनाइएको कृत्रिम पहाडमा धासिएको छ । यो घर सन् १९९८ मा बनेर तयार भएको थियो । यसको प्लाईवुड छतमा घास लगाइएको छ । जसबाट थाहै नै पाइदैन कि यहा घर छ भनेर । 

भित्रको घरलाई बाथरुम, किचेन, र लिभिङ रुममा बाडिएको छ । 

(बीबीसीको सहयोगमा तयार रिपोर्ट)