काठमाण्डौ । आज सेयर बजार इन्ट्राडेमा सामान्य करेक्सन भए पनि दिनभर बढेर नै कारोबार भएको छ। कारोबारको अन्तिम आवरमा भोलुमसहित १५ अंकले बढेर बजार बन्द भएको छ।
इन्ट्रा डे चार्टमा हेर्ने हो भने आज बजारमा भोलुमसहित बढोत्तरी आएको छ। तर, डेली बेसमा र यसअघिका २ वटा क्यान्डलालाई मिलाएर हेर्ने हो भने आज बजारमा बुलिस पिन बार बनेको देखिन्छ। यसले बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृति बन्छ भने त्यसलाई बुलिस पिन बार भनिन्छ। यस्तो पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा हुनुपर्छ। (हेनुहोस् मुख्य तस्बिरमा चार कोठाभित्र)
बजारले करिब १९०० को सपोर्ट प्वइन्टमा बुलिस पिन बार बनाएको छ।
यसको ठीकविपरीत यदि बढ्दो बजारमा हरियो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर र त्यसपछि रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई बियरिस पिन बार भनिन्छ।
लामो समय घटेको बजारमा आज ४ कारोबारपछि बुलिस पिन बारको आकृति बनेको छ। यसले अब बजारले बटम लागउँदै गरेको संकेत गर्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
46 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago