काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन्। जसका लागि ग्राहकले कार्यालयको नगद काउन्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ।
बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा प्रारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले बताए।
महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी धेरै कार्य विद्युतीय माध्यमबाट गर्ने बैंकको लक्ष्य रहेको छ। यसका साथै यसबाट हुनसक्ने जोखिम तथा दुरुपयोगप्रति समेत बैंक चनाखो रहेको छ।
यो सेवाबाट ग्राहकको समयको बचत हुने र बैंकको सेवा अझ विश्वसनीय तथा भरपर्दो हुने बैंकले विश्वास लिएको छ।
35 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago