काठमाण्डौ । २०७४ साउनमा तराईमा गएको भीषण बाढी तथा डूबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ । 

सो बस्तीनिर्माणका लागि  जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्वकोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । 

सो सहयोग रकम बिहीबार बैंकका प्रमुखकार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपालब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४) का महाप्रबन्धक  सुधिर राजभण्डारीलाई हस्तान्तरण गरे ।

बाढीपिडितबाट घरबार गुमाएका ती मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई उक्त खातामा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । 

सो बस्ती २०७५ कात्तिक २७ गते पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।