काठमाण्डौ । विश्वका सबैभन्दा सफल सेयर लगानीकर्ता वारेन बफेटले हालै बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको ट्रस्टी पदबाट राजीनामा दिएका छन्। विश्वमा सबैभन्दा ठूलो निजी च्यारिटेबल संस्थाहरुमा समावेश गेट्स फाउन्डसमा बफेटले ठूलो दान गरेका छन्। 

बफेट परिस्थितिअनुसार पैसा कमाउन निकै माहिर छन्। उनको सम्पत्ति लगातार बढ्नुको पछाडि उनको सुझबुझपूर्ण लगानी रणनीतिलाई पनि लिइन्छ। 

बफेटले आफ्नै लगानी सिद्धान्त बनाएका छन्। यिनै सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै बफेटले अर्बौं मुनाफा आर्जन गर्दै आएका छन्। 

यस्ता छन् बफेटका लगानीका रणनीति

बिनायोजना लगानी सुरु गर्नुहोस्

लगानी गर्नुपूर्व कुनै न कुनै योजना वा रणनीति बनाउन आवश्यक हुन्छ। किनिक बिना योजना गरिएको लगानीबाट प्रतिफल प्राप्त नहुन पनि सक्छ। सोचविचार गरेर लगानी गरेपछि प्रतिफल प्राप्त गर्ने समय धैर्यपूर्वक पर्खन जरुरी पनि हुन्छ। 

विविधीकरणको सहारा

बफेटका अनुसार सबै अन्डालाई एउटै बास्केटमा राख्नुहुँदैन। यो सूत्र सेयर लगानीमा पनि लागू गर्न आवश्यक छ। त्यसैले तपाइँसँग भएको सबै पैसा एउटामै लगानी गर्नुभन्दा पनि थोरैथोरै विभिन्न कम्पनीका सेयरमा लगानी गर्नुपर्छ। जसका कारण लगानीमा सन्तुलन कायम हुन्छ र उचित प्रतिफल निकाल्न सकिन्छ।

मूल्य होइन भ्याल्यूलाई जोड दिनुहोस्

बफेटका अनुसार मूल्यभन्दा भ्याल्यूलाई जोड दिनुपर्छ । त्यसैले मूल्यको पछाडि लाग्नु हुँदैन। उनका अनुसार कुनै पनि कम्पनीले प्रतिष्ठा कायम गर्न २० वर्ष लगाउन सक्छ तर प्रतिष्ठा गुमाउन ५ मिनेट पनि लाग्दैन। त्यसैले लगानी गर्दा कम्पनीको मूल्यभन्दा पनि वित्तीय अवस्था राम्रोसँग अध्ययन गरेरमात्र गर्नुपर्छ। 

आम्दानीको स्रोत एउटामात्रै नबनाउनुहोस्

बफेटका अनुसार आम्दानीको स्रोत एउटामात्रै बनाउनु उचित हुँदैन। त्यसैले एउटाभन्दा बढी आम्दानीको स्रोत बनाउनुपर्छ। जसका कारण अतिरिक्त कमाइ पनि होस्। यदि तपाइँले लगातार यस्तो चिज किनिरहनु भएको छ, जुन आवश्यक नै छैन भने पछि तपाइँले आवश्यक चिज किन्नलाई सोच्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले कुनै पनि चिज किन्दा सोचविचार गर्न अति आवश्यक हुन्छ।

समयअनुसार लगानी गर्नुहोस्

बफेटका अनुसार बाठा मानिस ‘समय’ मा लगानी गर्छन्। तर अबुझ मानिस पैसामा लगानी गर्छन्। बफेट समयलाई निकै मूल्यवान मान्छन्। कुनै पनि चिज वा कामलाई कति समय दिने भन्ने रणनीति बनाउन अतिआवश्यक हुन्छ। समयलाई मान्ने मानिस नै सफल हुने बफेटको तर्क छ। सही समयमा गरिएको लगानीले नै मानिसलाई सफल पार्ने उनको भनाइ छ। – एजेन्सीको सहयोगमा