काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस सेयर र १.६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।