काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँको बन्दीपुर–१ डुम्रेमा संस्थाका २७ जना ग्राहक सदस्यलाई व्यावसायिक झिलिंगा बनाउने तालिम प्रदान गरेको छ। 

झिलिंगाको परिचय, माग, बजार, आवश्यक कच्चा पदार्थ, आवश्यक सामान, बनाउने विधि तथा तरिका, बजार व्यवस्थापन, संस्थाले प्रदान गरिरहेको सेवाहरु, बचतको महत्व आदि बारेमा तालिमका सहभागीहरुाई जानकारी गराइएको संस्थाको डुम्रे शाखाका प्रमुख  रोशन लाल श्रेष्ठले बताए। श्रेष्ठले संस्थाले ५ वर्षदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको  संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराए। 

तालिममा प्रशिक्षकका रुपमा विष्णु खड्का थिए। सहभागीलाई तालिमको उद्देश्य बारेमा संस्थाका जनशक्ति व्यवस्थापन विभागका प्रमुख रत्नप्रसाद अधिकारीले प्रकाश पारेका थिए। आफ्नै बचतमा रहेको रकमबाट पनि झिलि)गा व्यवसाय सञ्चालन गर्न सकिने बारेमा अधिकारीले जानकारी गराएका थिए।