काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म बर्र्दिया जिल्लाको बाँसगढी–५ बाँसगढीमा किसानहरुका लागि “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ। 

तालिममा प्रशिक्षक रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी र गोकर्ण रावत रहेका थिए। करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी व्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु आदि बारेमा तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताएका थिए। 

संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए। 

तालिमको दोस्रो दिन तालिममा सहभागीलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामनाचौकका स्थानीय व्यावसायिक कृषक कृष्ण विक्रम केसीको साढे तीन बिघामा फैलिएको कृषि फार्म अवलोकन गरेका थिए। तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य दिंदै तालिमको उद्देश्य बारेमा संस्थाका मदनचौक मुकाम कार्यालयका सुपरिवेक्षण अधिकृत श्री बुद्धिराम चौधरीले प्रकाश पारेका थिए। 

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ।