काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सञ्चालन गरेको छ।
संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार वैशाख ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा २७ जना ग्राहक सदस्यको सहभागिता रहेको श्रेष्ठले जानकारी दिए।
तालिममा प्रशिक्षकका रुपमा शिशिर अधिकारी, खेमराज भण्डारी, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय, रामबहादुर आले रहेका थिए।
तालिममा करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरेखेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिँचाई तथा व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण दिइएको थियो।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago