काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २७ करोड रुपैयाँको कुल १८.९५ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
4 minutes ago
10 minutes ago
19 minutes ago
27 minutes ago
40 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago