काठमाण्डौ । सिंगापुर र ताइवान यी दुुई देशलाई कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि पाएको सफलताका लागि उदाहरणका रुपमा इिने गरिन्छ। 

सिंगापुर र ताइवानमा यो वर्षको सुरुआतमा कोरोना संक्रमणका केसहरु लगभग शून्य बराबर देखिएको थियो। तर यो महिनासम्म आइपुुग्दा तस्बिर बदलिएको छ। दुवै देशमा कोरोना संक्रमणका केसहरुमा तीव्रता आएको छ। सिंगापुरमा गत साता संक्रमणका २४८ नयाँ केसहरु देखिएका थिए। त्यस्तै ताइवानमा पनि १२०० केसहरु देखिएका थिए। 

संक्रमणका नयाँ केसहरुमा बढोत्तरी आएसँगै यी देशहरुमा प्रतिबन्ध र निषेधाज्ञाहरु बढाइएको छ। मानिसहरु भेला हुने सीमा अर्थात संख्या भने घटाइएको छ। शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। 

नेपाल र बाँकी देशहरुको तुलनामा यो संख्या निकै कम हो। तर यी देशहरुका लागि यो निकै ठूलो विषय हो। किनकि त्यहाँका मानिसहरुले केही महिनाअघि यस्तो अवस्था सिर्जना होला भनेर कसैले पनि चिताएका थिएनन्। त्यस्तो भए सिंगापुर र ताइवानमा कहाँनेर भयो गडबड ?

ताइवान : आत्मसन्तुुष्टि कारक

ताइवान ती देशहरुको सूचीमा थियो, जसले चीनमा भाइरस फैलिएको खबर बाहिरिने बत्तिकै तत्कालै विदेशहरुबाट आउनेहरुलाई प्रतिबन्ध लगाएको थियो। त्यो कडाइ अहिले पनि कायम छ। तर त्यहाँ देशभित्र रहेका मानिसलाई लाग्न थाल्यो कि सबै कुरा ठिक छ। जनताजस्तै त्यहाँका सरकारहरु पनि यस्तै साच्ने थाले। 

ताइवानको नेसनल ताइवान युनिर्भसिटीमा सहप्राध्यापक रहेका लिन सिएन–हाका अनुसार अस्पतालहरुमा पहिले जस्तो गम्भीरताका साथ परीक्षण गर्न बन्द भएको थियो। यहाँसम्म कि ज्वरो आएकाहरुको समेत परीक्षण गरिँदैनथ्यो। जब कि ज्वरो आउनुु कोरोनाको सामान्य लक्ष्यण हो।

आवर वर्ल्ड इन डेटा नामक वेबसाइटका अनुसार फेब्रुुअरी महिनाको मध्यतिर ताइवानमा प्रतिहजार व्यक्तिमा ०.५७ मानिसहरुको मात्रै परीक्षण गरिएको थियो। अर्थात कमभन्दा पनि कम। यस अवधिमा सिंगापुरमा यो दर ६.२१ र बेलायतमा ८.६८ रहेको थियो। डाक्टर लि भन्छन्, ‘डाक्टरहरुले यसलाई गम्भीरताका साथ लिइरहेका थिएनन्। अस्पतताल प्रशासन सर्तक थिएन। उनीहरु कन्ट्रयाक्ट ट्रेसिङलाई लिएर गम्भीर देखिएका थिएनन्। निश्चित रुपमा आत्मसन्तुष्टिको एउटा भाव देखिन थालेको थियो।’ 

त्यहाँका मानिसहरुलाई लाग्न थाल्यो कि भाइरस ताइवानको बलियो घेरा तोडेर देशमा आउन सक्दैन। यसको संकेत तब देखिन थाल्यो जब भ्याक्सिन नलिएका डाक्टरहरुको क्वारेन्टिनको अवधि १४ दिनबाट घटाएर ५ दिन र फेरि घटाएर ३ दिन कायम गरियो। 

यसको केही समयपश्चात एउटा समूहमा संक्रमकण देखा पर्यो। जसको सम्बन्ध ताओयुुआन विमानस्थलनजिकै रहेको नोवोटेल होटेलमा बसेका चाइना एअरलाइन्सका केही पाइलटहरुसँग थियो। पछि ती पाइलटहरुमध्ये केहीलाई ब्रिटेन भेरियन्ट बी११७ भएको पुष्टि भयो। यो घटनापश्चात भाइरस बाहिर फैलन सुरु भयो र रेड लाइट एरियाहरु, टी हाउसहरु र मसाज केन्द्रहरुसम्म पुुग्यो। जहाँ वयस्क व्यक्तिहरु मनोरञ्जनका लागि जाने गर्दछन्। 

डाक्टर लि भन्छन, ‘यी इन्डोर क्षेत्रहरुमा मानिसहरु आवतवाजत गरिरहेको थिए। पिइरहेका थिए। एकअर्काको सम्पर्कमा आइरहेका थिए। यो केवल एउटा टी हाउसको मात्रै कुरा होइन। एकै सडकका अधिकांश टी हाउसमा यस्तै अवस्था थियो। जसका कारण तीव्रगतिमा कोरोना संक्रमण फैलियो।’ 

ताइवानका पूर्वराष्ट्रपति तथा महामारी विज्ञ प्राध्यापक चेन चिन–चेन चाहते आफू पनि मनोरञ्जनका लागि त्यहाँ गएको बताउँछन्। जसका कारण कन्ट्रयाक ट्रेसिङ गर्न एकदमै कठिन भएको थियो। उनी भन्छन्, ‘यसले यो जनाउँछ कि एउटा सानो हिस्साले मात्रै पनि नियम तोड्यो भने शृंखला टुट्दै जान्छ।’ 

यसका साथै उनले ताइवानले जापानबाट पाठ नसिकेको बताए। जहाँ यस्तै वयस्कले मनोरञ्जन गर्ने ठाउँहरुबाट कोरोना संक्रमण फैलिएको थियो र अन्ततः त्यस्ता ठाउँहरु बन्द गर्नुपरेको थियो। 

नेसनल युनिर्भसिटी अफ सिंगापुरमा सहप्राध्यापकका रुपमा कार्यरत ऐलेक्स कुकका अनुसार ताइवानको अवस्थाले यो रणनीतिलाई दर्शाउँछ कि जहाँ भाइरसलाई बाहिरबाट भाइरसलाई रोक्न जोड लगाइन्छ तर देशभित्र भाइरसलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि उचित उपायहरु अबलम्बन गरिँदैन।   

सिुंगापुर : खम्बामा चिरा

सिंगापुरको कथा ताइवानको भन्दा फरक छ। जहाँ कोरोनाका केसहरुमा कमी आएपछि पनि सधैँ कडाइ गरियो। आठभन्दा बढी मानिसलाई समूहमा भेला हुन प्रतिबन्ध थियो। क्लबहरु बन्द अवस्थामा थिए। अहिले पनि विवाहजस्ता समारोहमा सीमित संख्यामा मात्रै मानिस सहभागी हुन सक्छन्। 

तर सिंगापुर खोपको मामिलामा भने चुक्यो। यसका साथै सिंगापुर दोस्रो कुरामा पनि चुक्यो। त्यहाँको चांगी विमानस्थल, जो ठूलो सपिङ सेन्टरसमेत हो, त्यो यो वर्ष कोरोना संक्रमणको सबैभन्दा ठूलो केन्द्र बन्न पुुग्यो। 

अधिकारीहरुले पछि थाहा पाए कि विमानस्थलका अधिकांश कर्मचारी एउटा यस्तो क्षेत्रमा काम गरिरहेका थिए्, जहाँ कोरोना संक्रमण अत्याधिक फैलिएका देशबाट यात्रुहरु आइरहेका थिए। 

यी कर्मचारीमध्ये कयौँ कर्मचारी विमानस्थलमा रहेको फुड कोर्टमा खाना खान जान थाले। जहाँ आम सर्वसाधारणसमेत आउजाउ गर्दछन्। यसरी त्यहाँ कोरोना संक्रमण आमसर्वसाधारणमा फैलियो। यहाँ पछि आएर कयौँ संक्रमितममा बी१६१७ भेरियन्ट पनि देखियो। जसलाई भारतमा अहिले फैलिएको भेरियन्टभन्दा पनि खतरनाक मानिन्छ।  

सिंगापुरमा यतिबेला आममानिसलाई यात्रुहरु आउने टर्मिनलसम्म आउन रोक लगाइएको छ। यसका साथै अधिक जोखिम भएका देशहरुबाट आउने विमानहरुलाई अलग राख्ने घोषणा गरिएको छ। 

केही मानिसहरु प्रश्न गरिरहेका छन् कि एक महिनाअघि नै जोखिम महसुस गरिएको बेला किन यस्ता उपायहरु अपनाइएनन्। तर जानकारहरुका अनुसार यस्तो त हुनु नै थियो। 

एनयुुयसका स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक तियो यिक यिंग भन्छन्, ‘मलाई लाग्छ कि मानिसहरुमा निराशा व्याप्त छ, किनकि धेरैजसो सिंगापुरवासीहरुले नियमको पालना गर्दागर्दै पनि संक्रमण फैलियो। तर हामी चिनजस्तो भने छैनौँ, जसले आफ्नो सबै सीमानाकाहरु बन्द गरोस्। हाम्रो देशको छवि, हाम्रो अर्थव्यवस्था सबैको सम्बन्ध यो कुरासँग जोडिएको छ कि हामी एउटा व्यापारिक केन्द्र हौँ। यसका साथै गत वर्ष अमेरिकालाई हेर्ने हो भने त्यहाँ संक्रमणका गम्भीर मामिलाहरु चीनबाट नभई युरोपबाट यात्रा गर्नहरुबाट भित्रिएको थियो। यस्तोमा सिंगापुरले कति देशसँगको सीमा नाका बन्द गरोस्।’

तर प्राध्यापक कुक सिंगापुर अहिले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सक्ने धेरै राम्रो अवस्थामा रहेको मान्दछन्। 

सुस्त खोप अभियान– सिंगापुर र ताइवान दुवैका लागि चुनौती

सिंगापुर र ताइवान दुवै देशहरु खोप अभियानको सुस्त अवस्थाबाट गुज्रिरहेका छन्। ताइवानमा जब सबै कुरा ठिकठाक थियो, तब मानिसहरु खोप लगाउन चाहँदैनथे। पछि त्यहाँ आएको एस्ट्रेजेनेका भ्याक्सिनलाई लिएर मानिसहरुको हिच्किचाहट अझै बढ्यो। तर अहिले कोरोनाका केसहरु बढ्न थालेपछि मानिसहरु खोप लगाउन आउन थालेका छन्। तर यसमा एउटा समस्या देखिएको छ, त्यो हो– खोपको कमी। 

ताइवानको जनसंख्या २४ लाख रहेको छ र अहिले ३ लाख डोजमात्रै भ्याक्सिन मौजाद रहेको छ। 

सिंगापुरमा कसलाई पहिले लगाइँदैछ खोप ?

डाक्टर चेन भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय कम्पनीहरुबाट खोप ल्याउने सक्दो प्रयास गर्यौँ तर कतैबाट पनि खोप ल्याउन सकेनौँ। अब हामीसँग एउटामात्रै विकल्प बाँकी छ। त्यो हो, आफैँ खोप बनाउने।’ 

ताइवानले यतिबेला दुुइवटा खोपको विकासमा काम गरिरहेको छ। जुन जुलाईको अन्त्यसम्ममका तयार हुने अनुमान गरिएको छ। 

सिंगापुरको पनि यस्तो अवस्था रहेको छ। सिंगापुरको ३० प्रतिशत जनताले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। जुन संख्या दक्षिणपूर्वी एसियामै सबैभन्दा धेरै हो। तर पनि यहाँ खोपको कमी रहेको छ। सरकारले भने यो वर्षको अन्त्यसम्म सम्पूर्ण जनसंख्यालाई खोप लगाइसकिने विश्वास लिएको छ। 

प्राध्यापक तियो भन्छन्, ‘हाम्रो अनुमान खोपको आवश्यकता लामो समयसम्म रहन्छ भन्ने हो। त्यसैले हामी पनि आफ्ना लागि आफै खोप विकास गर्नतर्फ लागेका छौँ।’ 

सिंगापुर र ताइवानको अवस्थाबाट सबैले पाठ सिक्नुपर्ने भन्दै उनी थप्छन्, ‘जब हामी युरोप वा अमेरिकामा खुकुलो पारिएको देख्छौँ तब सबैले सर्तक रहनुुपर्दछ र विश्वमा के भइरहेको छ भनेर नियाल्नुपर्छ।’  – बीबीसीबाट भावानुवादित