काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा एमालेको पुरानो रेकर्ड तोडेको छ। 

हालसम्मको मत परिणामअनुसार कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सबै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ। कुल ७५३ स्थानीय तहमध्ये कांग्रेसले नगरपालिका तथा उपमहानगरपालिको मेयरमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो।

अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा एमालेले २९४ स्थानीय तह जितेको थियो। हालसम्मको मत परिणामअनुसार यसपालि एमालेले १८२ स्थानीय तहमा जित निकालेको छ। 

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तह जितेको थियो। 

त्यस्तै त्यतिबेला नेकपा माओवादीले १०६ जितेको थियो। यसपालि हालसम्म भने माओवादी केन्द्रले ११२ पालिकामा जितिसकेको छ।