काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको भीषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारलाई खाद्यान्नलगायत आवश्यक सामग्रीहरु सहयोग गरेको छ। 

चामल, दाल, तेल, नुन, सोयाबिन, साबुन, सेनेटरी प्याड, त्रिपाललगायतका सामग्री हेलम्बु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामग्री सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरेले जानकारी दिए।