बनेपा। लक्षितवर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले समता घरेलु लघुवित्तले आफ्नो इलाका प्रमुखलगायत शाखा प्रमुखहरुलाई तीनदिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण कार्यक्रम धुलिखेलमा सम्पन्न गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को अधिनमा रही प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो। वित्तीय सचेतना अभिवृद्धिसम्बन्धी क्रियाकलापहरुलाई आगामी दिनमा अभियानका रुपमा अघि बढाउन वित्तीय संस्थाभित्रै दक्ष प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो। 

पैसाको व्यवस्थापन कसरी गर्ने, वित्तीय लक्ष्य मार्फत अल्पकालिन, मध्यकालिन र दिर्घकालिन आवश्यकताहरु कसरी पुरा गर्दै जाने, बचत तथा कर्जालाई कसरी व्यवस्थित गर्ने, पारिवारिक बजेटको उद्देश्य र यस्को उपयोगिता कसरी गर्ने, जोखिम व्यवस्थापन साथै सुरक्षित बैदेशिक रोजगारको सुनिश्चिता कसरी गर्ने, आवश्यकता तथा चाहनाको पहिचान आदि विषयवस्तुहरुमा तालिम अवधिमा प्रशिक्षण दिईएको थियो। तालिमको सहजीकरण वित्तीय संस्थाको प्रवन्धक विश्व श्रेष्ठले गरेका थिए। 

तालिमपश्चात सम्बन्धित शाखा प्रमुखहरुले निर्धारित कार्ययोजनाअनुरुप आगामी असार मसान्तभित्र १२ हजारभन्दा बढी लक्षितवर्गहरुलाई वित्तीय रुपमा साक्षर गराउने लक्ष्य रहेको र आगामी दिनमा ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने योजना रहेको जानकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले दिए।