काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।
संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।
संस्थाले आफ्नो वार्षिक साधारणसभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा यही जेठ ३० गते बिहान १०ः३० बजे डाकेको थियो ।
सभामा आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भनिएको थियो।
सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलानका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरिएको थियो।
सभाले नेसनल माइक्रोफाइनान्ससँग मर्जरको समझदारीपत्र पारित गर्नुका साथै बाँकी अन्य कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अजेन्डा पनि पारित गर्ने भनिएको थियो।
संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ जेठ १८ गते बुक क्लोजको मिति तय गरेको छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago