काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा पुनः आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
यसअघि संस्थाले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, संस्थाले गत शुक्रबार एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जानकारी गराएको थियो।
सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न सर्वसाधारणतर्फ अपुग ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले नेसनल माइक्रोफाइनान्ससँग मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि कायम गरिएको नेसनलको १०० बराबर समीटको ७३ कित्ता सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ।
मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने निर्णय पनि सभाले पारित गर्नेछ।
मर्जरपछि नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
को समझदारीपत्र पारित गर्नुका साथै बाँकी अन्य कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अजेन्डा पनि पारित गर्ने भनिएको थियो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago