काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेडबीच अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जासम्बन्धी सम्झौता भएको छ। 

आज आइतबार भएको सम्झौताअन्तर्गत आइएमईका ग्राहकले सवारीसाधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन् र कर्जा अवधि ५ देखि ७ वर्षको हुनेछ। ियो सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन्।

सम्झौता कार्यक्रम आइएमईको काठमाण्डौ पानीपोखरीस्थित प्रधान कार्यालयमा भएको हो। सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र आइएमई मोटर्सका तर्फबाट सञ्चालक सुमन पोखरेलले हस्ताक्षर गरेका छन्। 

नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ।