काठमाण्डौ । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ।
यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ।
समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम रु. ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराए।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।
4 minutes ago
12 minutes ago
32 minutes ago
44 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago