काठमाण्डौ । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दति निक्षेपको योजनाअन्तर्गत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ।
यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँचगुणा र १८ वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ। यस निक्षेप योजनाको लक्षित ग्राहक, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीर्घकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहक र विदेशमा काम गर्ने व्यक्तिले आफ्ना छोराछोरीको भविष्यको शिक्षाका लागि पैसा जम्मा गर्न चाहने ग्राहकलाई पनि आकर्षित गर्नु रहेको फाइनान्सले जनाएको छ।
न्यूनतम रु. ५० हजारदेखि नै खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत सञ्चालनमा ल्याएको छ। फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
16 hours ago