काठमाण्डौ । समृद्धि फाइनान्सले हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

फाइनान्सले हेटौँडा उपमनपा–१ मा रहेको श्री अमर माध्यमिक विद्यालय,  काठमाण्डौको महाराजगन्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालयय र बुटवल उपमनपा–११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमअन्तर्गत २७० जना विद्यार्थीहरुलाई १ हजार ३५० थान कापी र २७० थान पेन वितरण भएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए। 

फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।  शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने फाइनान्सले जनाएको छ।