काठमाण्डौ । लिलामीमा राखिएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ।
गत मंसिर १ गतेदेखि कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न रोखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।
यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago