काठमाण्डौ । समृद्धि फाइनान्सले पुस ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ। 

फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्रीपिपलबोटे खुला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीलाई न्यानो लुगा वितरण गरेको हो। फाइनान्सका इटहरी कामु शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए। 

करिब २५ वर्ष अघिदेखि न्यून आयस्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा १ देखि २ घन्टासम्म खोलाकिनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएका छन्। हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्नेसमेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थी अध्ययन छन्।