काठमाण्डौ। समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विल चियर वितरण गरेको छ।

फाइनान्सले रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा ह्विल चियर वितरण कार्यक्रम गरेको हो। कार्यक्रममा फाइनान्सका तर्फबाट सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल तथा रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति थियो। 

समय–समयमा संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले यही फागुन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारीसमेत फाइनान्सको प्रमुख सञ्चालन अधिकृत खनालले जानकारी दिए। 

फाइनान्सले हाल ८ वटा शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।