काठमाण्डौ । समृद्धि फाइनान्सले फागुन १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो। 

आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका सञ्चालन विभाग प्रमुख चूडामणि खनालले जानकारी दिए। 

कम्पनीले हाल ८ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ।