काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले बीओके क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। 

समृद्धि फाइनान्सको सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

योसँगै बीओके क्यापिटलले समृद्धि फाइनान्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।