काठमाण्डौ । समृद्धि फाइनान्सको हेटौँडा शाखा कार्यालयले चैत ११ गते (शनिबार) रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवामाझ र चैत १२ गते (आइतबार) बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरुमाझ युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। 

ग्लोबल मनी सप्ताहको सन्दर्भमा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ। भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरुलक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने तालिका रहेको पनि फाइनान्सले जनाएको छ। 

समृद्धि फाइनान्सले हाल ८ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाका साथै बचत खातामा १० प्रतिशतसम्मको उच्चतम ब्याजदरसमेत प्रदान गरिरहेको छ।