काठमाण्डौ । विश्व दिग्गज लगानीकर्ता वारेन बफेटको सम्पत्ति घटेको छ। योसँगै शीर्ष १० अर्बपतिहरुको उनी एक स्थान तल झरेका छन्। 

फोर्ब्र्सले मंगलबार जारी गरेको विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा वारेन बफेट सातौँ स्थानमा झरेका छन्। यसअघि उनी छैटौँ स्थानमा थिए। उनको कुल सम्पत्ति घटेर १००.३ अर्ब डलरमा खुम्चिएको छ। 

मंगलबार फेरि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो परिवर्तन भएको छ। यसको सबैभन्दा ठूलो फाइदा भारतीय उद्योगपति मुकेश अम्बानीलाई पुग्यो, जो विश्वका धनी व्यक्तिमध्ये एक हुन्। वास्तवमा लामो समयदेखि दश नम्बरमा रहेका अम्बानीले एक छलांग लगाएर अहिले विश्वको नवौं धनी व्यक्ति बनेका छन्। अर्कोतर्फ, अनुभवी लगानीकर्ता वारेन बफेट सातौं स्थानमा झरेका छन्।

फोर्ब्सको रियल टाइम सूचीअनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एसियाका दोस्रो धनी मुकेश अम्बानीको कुल सम्पत्ति पछिल्लो २४ घन्टामा १.५ अर्ब डलरले बढेको छ। यो गतिसँगै उनको कुल नेटवर्थ बढेर ९५.९ बिलियन डलर पुगेको छ। सम्पत्ति बढेसँगै मुकेश अम्बानीले यसअघि अर्बपति सागर ब्रिनलाई पछि पार्दै नवौँ स्थानमा उक्लिएका छन्। यसअघि उनी दसौँ स्थानमा थिए। 

शीर्ष १० अर्बपतिको सूचीमा परेका एसियाकै धनी व्यक्ति गौतम अडानीले चौथो नम्बरमा आफ्नो उपस्थिति कायम राखेका छन्। अदानीको कुल सम्पत्ति १३८.६ अर्ब डलर पुगेको छ। सन् २०२२ मा गौतम अडानी एलोन मस्क, जेफ बेजोस र अन्य शीर्ष अर्बपतिको कमाइको मामिलामा अगाडि छन्।

टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्क २५८.८ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको नम्बर १ धनी बनेका छन्। जहाँ फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १६३.७ अर्ब डलरको सम्पत्तिका साथ विश्वका दोस्रो स्थानमा छन्। जब कि जेफ बेजोस १५७.७ अर्ब डलरको कुल सम्पत्तिका साथ तेस्रो स्थानमा छन्।

अर्बपतिको सूचीमा बिल गेट्स ११२.२ अर्ब डलरका साथ पाँचौँ, ल्यारी एलिसन १०५.८ बिलियन डलरसहित छैटौँ र ल्यारी पेज ९७.७ अर्ब डलरसहित आठौँ धनी व्यक्ति हुन्।