काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा प्रणाली हटाइने भएको छ।

विभागले स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी गत पुस १४ गतेदेखि आवदेन खुला गरेको थियो। तर कोटा प्रणालीका कारण फाराम भर्न समस्या भइरहेको गुनासो सेवाग्राहीबाट आउन थालेपछि यातायात व्यवस्था विभागले यो प्रणाली हटाउने तयारी गरेको हो। यसका लागि अहिले सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्टजस्ता काम भइरहेको विभागले जनाएको छ। 

सम्भवः भएसम्म यही साताभित्र नत्र आउँदो आइतबारबाट यो प्रणाली हट्ने विभाग स्रोत बताउँछ। यसैका लागि अहिले अनलाइन अनलिमिटेड बनाउने काम भइरहेको बताइएको छ। 

अनलाइन अनलिमिटेड बनाएपछि एकैपटक धेरैले भरे पनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोकिने विभागको भनाइ छ।