Nepal Chamber Of Commerce
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजधानीको मुटुमै गोली प्रहार गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको घटनाले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि हुने दाबी गरेको छ ।
चेम्बरका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले एक विज्ञप्तिमार्फत गौचन हत्याप्रति भत्र्सना गर्दै सरकारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएका हुन् ।
‘राजधानीको मुटु नयाँं वानेश्वरमा आफनै गाडीमा हिडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन नेपाल सरकारालाई अनुरोध गर्दछौं ।’
चेम्बर अफ कमर्सले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेको छ ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago