काठमाण्डौ । सरकारले आफ्ना नागरिकालाई कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ। 

खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले अतिरिक्त मात्रा दिने निर्णय गरेको हो। यद्यपि अतिरिक्त मात्रा क–कसलाई दिइने भनेबारे टुंगो लागिसकेको छैन। 

सरकारले निर्णय गरेसँगै अब खोप सल्लाहकार समिति यसबारेमा टुंगो लगाउनेछ। 

अतिरिक्त मात्रा कसले पाउने भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने टुंगो गरेको छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस (क्यान्सरपीडित, अंग प्रत्यारोपण गर्नेहरु र एचआईभी संक्रमित) लाई अतिरिक्त मात्रा दिइने मन्त्रालको योजना छ। 

यसैगरी सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठलाई पनि अतिरिक्त मात्रा दिने भनिएको छ। तर अतिरिक्त मात्रा लगाउन कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइनुपर्छ।