काठमाण्डौ । ग्याँस बिक्रीमा कमिसन बढाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका ग्याँस उद्योगी र सरकारी प्रतिनिधिबीच ३ बुँदे सहमति भएको छ । 

सहमतिसँगै ग्यास उद्योगीले आफ्नो आन्दोलन स्थगित भएको बताएका छन्। 

सहमति पत्रमा फागुन १७ गते नेपाल आयल निगमको संचालक समितिले गठन गरेको समितिले १५ दिनभित्र व्यवसायीका मागको विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने, सरकारले एलपीजी लगायत पेटोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने भनिएको छ । 

सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् ।