काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले एकसाथ ५७१ कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। 

यो बैंकले मुख्य प्रबन्धकदेखि सहायक स्तरसम्मको १७ पदमा स्थायी पदपूर्तिका लागि ५७१ कर्मचारी मागेको हो । 

सबैभन्दा बढी प्रशासनतर्फको सहायक पदमा २४६ कर्मचारी मागेको हो । त्यस्तै, प्रशासनकै सहायक प्रबन्धक पदमा ८५ जना कर्मचारी मागिएको छ । 
बैंकले मुख्य प्रबन्धकमा १ जना, वरिष्ठ प्रबन्धकमा २ जना, प्रबन्धकमा ४ जना, सूचनाप्रविधि प्रबन्धकमा १ जना, उपप्रबन्धकमा १३ जना, कानून विभागको सहायक प्रबन्धकमा ६जना, इञ्जिनियरतर्फ ३ जना, लेखाको सहायक प्रबन्धकतर्फ १६ जना, कृषिको सहायक प्रबन्धकतर्फ ७ जना कर्मचारी मागेको छ । 

प्रशासनतर्फ वरिष्ठ सहायक पदमा ५६ जना, प्रशासनकै नगदतर्फ वरिष्ठ सहायक पदमा ३० जना, सूचना प्रविधितर्फ वरिष्ठ सहायक पदमा ६ जना कर्मचारी मागिएको छ । 

प्रशासनको सहायक पदमा २४६, सहायक(नगद) पदमा ४० र कम्प्युटर सहायकको रुपमा ५५ कर्मचारी मागिएको छ । 
सबै पदका लागि आवश्यक शैक्षिक योग्यता यसप्रकार छ:

सबै पदका लागि अनलाइन आवेदन दिन सकिनेछ । असोज ८ गतेदेखि आवेदन दिन सकिने बताइएको छ । दरखास्तको बिषयमा आवश्यक अन्य जानकारी यसप्रकार छ: