काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरुले बिहीबार विरोध प्रदर्शन गर्नुका साथै शान्तिपूर्ण धर्ना दिएको छ।
यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले काठमाण्डौको माइतीघरमा बिहान ११ बजेबाट विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन्। धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ।
प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरुले ‘ब्याजदर नियन्त्रण गर’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार त छ ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’लगायतका नारा लगाएका थिए।
नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन गरी सरकार र राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
38 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago