काठमाण्डौ। नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै अब उक्त क्षेत्रमा १५ शय्या क्षमतासहितको अस्पताल निर्माण गर्ने निर्णय गर्दै सुनवल नगरपालिकालाई प्रतिबद्धतापत्र प्रदान गरेको छ। 

सुनवलमा भएको एक कार्यक्रममा करिब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धतापत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका हातबाट सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरेका थिए। सो कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

सोही कार्यक्रमा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ। उक्त अत्यधुनिक कक्षमा २५ शय्यासहित ३ वटा आईसीयू तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ  भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ। 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो। कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार आईएसओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ। 

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ। यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत् उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलोपटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ।

यसैगरी आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको छ। साथै, देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूलठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरुलगायत विशाल पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।