काठमाण्डौ । बलिउड अभिनेता सलमान खानले लडकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुको बैंक खाता सीधै राहात रकम पठाएका छन्। 

अभिनेता खानले भारतीय सिने उद्योगमा दैनिक मजदुरका रुपमा काम गर्नेहरुको सहयोगार्थ राहात रकम सीधै उनीहरुको खातामा पठाएका हुन्। उनले पहिलो चरणमा २० हजार त्यस्ता कामदारको खातामा जनही ३ हजार रुपैयाँका दरले भारु ६ करोड रुपैयाँ ट्रान्सफर गरिदिएका छन्। 

दोस्रो चरणका लागि अभिनेता खानले अन्य दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुको सूची बनाइरहेको समाचार स्रोतहरु बताउँछन्। उनले छिटै दोस्रो चरणको रकम पनि बैंक खाताहरुमै ट्रान्सफर गर्ने बताइएको छ। 

लकडाउनका कारण अहिले फिल्मको सुटिङ रोकिएको र यसले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने हजारौँ मजदुर आपतमा परेकाले आफूले सहयोग गरेको अभिनेता खानले बताएका छन्। – एजेन्सी