काठमाण्डौ । कुमारी बैंकको सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।
कुमारी बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा राखिएको छ। सेयरधनी मनिलाकुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालमया सम्पर्क गर्न सक्नेछन्।
सेयर बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढ्न सक्ने बैंकले जनाएको छ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago