काठमाण्डौ । सशस्त्र प्रहरी बलमा नयाँ भर्नाका लागि आज असार २९ गतेबाट दरखास्त खुला गरिएको छ।
सशस्त्र प्रहरी बलले प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त खुला गरेको हो। कुल ९३२ जनाका लागि भर्ना खुला गरिएको छ।
सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो। कुल संख्यामध्ये खुलातर्फ ५०२ जना, अमर÷अशक्त स.प्र.क. सन्ततितर्फ १९ जना, महिलातर्फ ८२ जना, आदिवासी जनजातितर्फ १३२ जना, मधेसीतर्फ ११५ जना, दलिततर्फ ६२ जना र पिछडिएको क्षेत्रतर्फ २० जनाका लागि दरखास्त खुला गरिएको छ।
कम्तीमा ८ कक्षा उत्तीर्ण यो पदका लागि दरखास्त दिन योग्य हुनेछन्। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाहरु यो पदमा प्रतिस्पर्धामा भाग लिन पाउनेछन्।
इच्छुक उम्मेदवारले साउन २८ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुर तिरी भदौ ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
थप जानकारीका लागि सशस्त्र प्रहरी बलको वेबसाइटमा गएर हेर्न सकिनेछ।
30 minutes ago
53 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago