काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।