काठमाण्डौ । भारतको तेल रिफाइनिङ सेक्टर यतिबेला दुई हिस्सामा बाँडिएको छ। भारतका निजी तेल रिफाइनिङ कम्पनीहरु आफ्नो मुनाफा बढाउनका लागि सस्तोमा रुसी कच्चा तेल खरिद गरिरहेका छन्। जब कि भारतका सरकारी रिफाइनरी कम्पनीहरु आफ्नो वार्षिक सम्झौताअनुसार नै कच्चा तेल खरिद गरिरहेका छन्।
यस्तै भारतीय निजी रिफाइनिङ कम्पनीहरु अधिकांश तेल विदेशी बजारमा बेचेर राम्रो मुनाफा आर्जन गरिरहेका छन् भने सरकारी कम्पनीहरु भारतमा मात्रै तेल बिक्री गरिरहेका छन्। त्यो पनि मूल्यको क्यापिङका साथ। जसका कारण भारतीय सरकारी रिफाइनिङ कम्पनीहरुले भारी नोक्सानीको सामना गरिरहनुपरेको छ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अधिकांश पश्चिमी देशहरुले रुसबाट तेल खरिद गर्न बन्द गरेका छन्। तर, रिलायन्स र नायराजस्ता भारतीय निजी रिफाइनिङ कम्पनीहरु भने यो वर्ष रुसी तेल खरिद गर्ने सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन्। यी कम्पनीहरुले रुसबाट आयात गरेको अधिकांश तेल भारतभन्दा बाहिर निर्यात गरिरहेका छन्। जसका कारण यी कम्पनीहरुको मुनाफामा उल्लेख्य वृृद्धि भएको छ।
मुख्य कुरा के भने रुसको कच्चा तेल खरिद नगर्ने निर्णय गरेको युरोपले भारतका निजी रिफाइनिङ कम्पनीहरुबाट तेल खरिद गरिरहेको छ।
भारतका निजी रिफाइनिङ कम्पनीहरुको मुनाफा वृद्धि हुँदा सरकारी रिफाइनिङ कम्पनीहरुले भने जुन महिनाको त्रैमासमा घाटा व्यहोरेका छन्। विश्वस्तरमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण भारतीय सरकारी रिफाइनिङ कम्पनीहरुले घाटा व्यहोरेको जनाइएको छ।
रुसले युक्रेनमा आक्रमण गरेसँगै अर्थात २४ फेब्रुअरीदेखि अहिलेसम्म भारतले रुसबाट ६.२५ करोड ब्यारेल कच्चा तेल खरिद गरेको छ। यो परिणाम गत वर्षको सोही अवधिको तुलनामा ३ गुणा धेरै हो। जसका कारण सन् २०२२ को पहिलो ५ महिनामा भारतबाट हुने तेलको निर्यात १५ प्रतिशतले बढेको छ।
भारतका निजी रिफाइनिङ कम्पनीहरुले घरेलु बजारमा तेलको बिक्री ३ प्रतिशतले घटाएका छन्। मार्च महिनामा अन्त्य भएको आर्थिक वर्षमा भारतीय निजी रिफाइनिङ कम्पनीहरुको घरेलु बिक्री १० प्रतिशत थियो। जुन अहिले घटेर ७ प्रतिशतमा झरेको छ।
यसरी भारतका निजी रिफाइनिङ कम्पनीहरुले घरेलु बिक्री घटाएर अन्य देशहरुलाई निर्यात बढाएका छन्। –एजेन्सी
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago