काठमाण्डौ । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) दोस्रो चरणद्वारा जुन २८ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा सहज च्यालेन्ज फन्ड राउन्ड १ का विजेताहरुको घोषणा गरिएको छ। 

कुल १८८ आवेदनमध्ये ५ नवीनतम समाधान तथा सेवा प्रदायक छनोट गरिएका थिए। कठिन स्क्रिनिङ र मूल्यांकन प्रक्रियापछि विजेताहरुको घोषणा गरिएको हो।

सहज च्यालेन्ज फन्ड राउन्ड–१ले प्रदेश १ मा कृषि उत्पादनहरुको व्यवस्थापन र आपूर्ति शृंखलासम्बन्धी चुनौती तथा बाधाहरुलाई सम्बोधन गर्ने नवप्रवर्तनात्मक र व्यावसायिक रुपमा व्यवहारिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दछ। त्यसले कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण, आर्थिक मूल्य अभिवृद्धि, लगानी र रोजगारीमा योगदान पुर्याउनेछ। 

सहजले यी ५ विजेतालाई प्रस्तावित समाधानहरु प्रदेश १ मा कार्यान्वयन गर्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

च्यालेन्ज फन्डको एनएएमडीपी दोस्रो चरणको निजी क्षेत्रको स्रोतको सदुपयोग गर्दै डेयरी, तरकारी, अलैंची र मकै क्षेत्रमा सेवाको प्रावधान र नवप्रवर्तनमा पहुँच बढाउने संयन्त्र हो।

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) दोस्रो चरण नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ। सहज परियोजना स्विस सरकार विकास सहयोग (एसडीसी) को परियोजना हो र यसको कार्यान्वयन स्विसकन्टयाक्ट (लिड एजेन्सीका रुपमा) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम विकास केन्द्र (सिप्रेड)ले संयुक्त रुपमा गर्दैछन्। सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउँछ। यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ, तिनीहरुलाई मूल्य अभिवृद्धि आपूर्ति शृंखलामा आबद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ।

सहज च्यालेन्ज फन्डले राउन्ड २का लागि पनि आवेदन खुला गरेको छ। एससीएफ राउन्ड २ ले प्रदेश १ को डेयरी उद्योगमा उत्पादन विविधीकरणको मुद्दालाई सम्बोधन गर्न नौलो डेयरी उत्पादनका विचारहरु खोजिरहेको छ।