काठमाण्डौ । सहारा विकास बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैपटक भदौ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सर्लाहीको मलंगवास्थित होटेल कुसुम एन्ड पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले सहारा विकास बैंक गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन हुनेछ। सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। 

सभाले प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

त्यसो त साविकको तत्कालीन देव विकास बैंकसँग गाभ्ने र गाभिने सम्बन्धमा भएको सैद्धान्तिक सहमतिपछि २०७४ जेठ २६ गतेदेखि सहारा विकास बैंकको बुक क्लोज रहिरहेको अवस्था छ। सोभन्दा अघि कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुनेछन्।