काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले ] SWARAZ MAZDA - SML ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.बाट नयाँ गाडी खरिद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकको हाल सञ्चालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यस किसिमको कर्जा प्रदान गरिने जनाएको छ ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago