काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डबल डिजीटको लाभांश घोषणा गरेको छ । 

बैंकको असोज १९ गते दिउँसो ३ः३० बजे बसेको २७७ औं संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले १० प्रतिशतले हुन आउने अर्थात २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको १७ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।