काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आज काठमाण्डौको बालुवाटरस्थित केन्द्रीय कार्यालय भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा घोषित कार्यक्रमहरुको सुरुआत गरेको छ। 

बैंकको वार्षिकोत्सव यही कात्तिक १३ गते परेको छ। सोही वार्षिकोत्सवको अवसर पारेर बैंकले देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको थियो। जसको सुरुआत आज दन्त परीक्षण शिविरबाट गरिएको हो। 

शिविरमा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएका छन्। डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको बैंकले जनाएको छ। 

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।