काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले मेराकी हेल्थ सोलुसनमा विशेष छुट पाउने भएका छन्।

सांग्रिला डेभलपमेन्ट बैंकका बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई मेराकी हेल्टले विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट दिने विषयमा द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थका तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार मेराकी हेल्थले बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पीसीआर, भिडियो कन्सल्टेसन, टेलिकन्सल्टेसन सेवालगायतका मागअनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ। स्वास्थ चेक जाँचमा कर्मचारीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। 

बैंकको अनुरोधमा मेराकी हेल्थले आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने सम्बन्धमा बैंकका कर्मचारीलाई आधारभूत तालिम प्रदान गर्ने विषय समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ।  यस सम्झौताले बैंकमा कार्यारत कर्मचारीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।