काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीअन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट पाउने भएका छन्।
छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीअन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।
7 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
15 hours ago