काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकी छन्। 

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त ब्युटीपालरको ब्युटी कोर्समा १५ प्रतिशत, ब्युटीपालर सेवामा २० प्रतिशत र ब्युटी रिलेटेड प्रडक्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।