काठमाण्डौ । प्युजो र सिट्रोन आधिकारिक बिक्रेता सांग्रिला मोटोर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ। 

बैंक र सांग्रिला मोटोर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।

दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटोर्सका तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ। 

समझौताअनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीका लागि सुलभ ऋण सुविधा सजिलो उपलब्ध हुनेछ। 

अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनसँग समायोजन गरिएको छ। यो योजना सांग्रिला मोटोर्सको आधिकारिक बिक्रेता र एभरेष्ट बैंकका सबै शाखाबाट  नेपालभर लागू हुनेछ।