काठमाण्डौ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले बहुप्रतिक्षित ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई–सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो।
नयाँ सिट्रोन ई–सी३को परिचयात्मक मूल्य ई–सी३ लाइफको ३२ लाख ९९ हजार रुपैयाँ र ई–सी३ फिल विथ पयाक भाइभको ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
अत्यधिक प्रत्याशित ई–सी३ को परिचय, एक उल्लेखनीय इलेक्ट्रिक कार, जुन शैली, आराम र प्रभावशाली प्रदर्शनको संयोजन गर्दछ। ५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको इन्जिनले आनन्ददायी ड्राइभिङको अनुभव प्रदान गर्दछ। उच्च हाई–देन्सिती लिथियम आयन ब्याट्रीले सुसज्जित, ई–सी३ले निर्वाध ड्राइभिङको एमआईडीसी चक्रअनुसार ३२० किलोमिटर सम्म प्रदान गर्दछ।
यतिमात्र होइन ई–सी३ले नेपालमा पहिलोपटक चार्जिङमा रिभुलुसन ल्याउने अनौठो प्रविधि भित्र्याएको छ। यो अद्वितीय सुविधाले ब्याट्रीको स्वास्थ्यसँग सम्झौता नगरी धेरै डीसी–चार्जिङ सत्रहरुका लागि अनुमति दिन्छ र परम्परागत एकल डीसी चार्जिङको सीमाहरु पार गर्दछ। ई–सी३ले १००% डीसी फास्ट चार्जिङसमर्थन गर्दछ। जसका कारण यसको उन्नत लिथियम–आयन ब्याट्री टेक्नोलोजी हो।
नयाँ पुस्ताको सस्पेन्सन प्रणालीका कारण फ्लाइङ कार्पेट इफेक्टका साथ ई–सी३मा उन्नत आरामका साथ क्रुज गर्न सकिन्छ। प्रशस्त ठाउँ र पर्याप्त हेडरुमका साथ ई–सी३मा आराम्दायक यात्राको मज्जा लिन सकिन्छ।
ई–सी३ बिर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाण्डौ उपत्यकालगायत नेपालका सात प्रमुख सहरमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुममा बुकिङका लागि उपलब्ध हुनेछ।
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago