काठमाण्डौ । संसारमा धेरै मानिस अहिले पनि साइकल चलाउन रुचाउँछन् भन्दा कमैलाई विश्वास लाग्ला। पर्यटन विकासका लागि यातायात निकै महत्वपूर्ण मानिन्छ।

धेरैजसो पर्यटक आफैँ साइकल चलाएर सहर तथा नयाँ ठाउँ घुम्न पनि रुचाउने हुन्छन्। साइक यात्रा स्वाथ्य तथा आर्थिक  हिसाबले निकै महत्वपूर्ण मानिन्छ।

सीएनएनको ट्राभल्स एन्ड टुर साइटले जनाएअनुसार संसारको यी १० सहरमा साइकलमैत्री मानिन्छन्। साइकलमैत्री सहरका रुपमा पहिलो नम्बरमा बेल्जियमको एन्ट्रप, दोस्रो नम्बरमा स्विट्जरल्यान्डको वर्न र तेस्रोमा डेनमार्कको कोपनहेगन छन्।

यसैगरी यो सूचीको चौथोमा जर्मनीको लाइपचिस, पाँचौँमा अस्ट्रेलियाको मेलबर्न र छैटौँमा क्यानाडाको मन्ट्रिअल रहेका छन्। 

अमेरिकाको क्यालिफोर्निया, फ्रान्सको स्टारबर्ग इजरायालको तेल अभिभ र नेदरल्यान्डसको युट्रेक्ट सहर क्रमशः सातौँदेखि दसौँ स्थानमा छन्। – एजेन्सी